आजदेखि काठमाडौंमा कोरोना विरुद्ध बुस्टर खोप लगाइने

आजबाट काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइने छ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

आजदेखि ६ गतेसम्म बुस्टर खोप अभियान कार्य सुरु हुदैछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले बताएको छ ।

दोस्रो खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्ने स्वास्थ्य कार्यालयले बताएको छ । ज्वरो आइरहेका वा अरू कारणले बिरामी भएकाहरुलाई खोप नलगाउन डाक्टरले सुझाव दिएको छ ।