अदुवाको ७ आश्चर्यजनक स्वास्थ्य लाभहरू ! जानी राखौं

photo : https://www.everydayhealth.com/columns/white-seeber-grogan-the-remedy-chicks/health-benefits-ginger/

अदुवा तरकारीमा प्रयोग हुने मसला मात्र नभई आयुर्वेदिक औषधि पनि हो । यसले थुप्रै रोगहरूबाट बचाउनुका साथै रोगको उपचार पनि गर्छ । जाडोमा हुने दुखाइ, घाँटीको दुखाइ, अपच लगायत शारीरिक समस्याहरूबाट पनि छुट्कारा दिलाउँछ ।

अदुवा सेवनका सात फाइदा

  • पाचनमा सुधार : यदि खाना राम्रोसँग पचेन भने अदुवा पिसेर पानीमा मिसाएर खान सकिन्छ । यसले पाचन प्रणालीलाई सुधार गर्छ र अपच हुँदैन ।
  • भोक : कम भोक लाग्नेहरूले अदुवा सेवन गरे यसले भोक जगाउँछ । तपाईं अदुवालाई खाना वा दूधमा मिसाएर खान सक्नुहुन्छ । यसले तपाईंको भोक बढाउँछ ।
  • पेट फुल्ने समस्याको निदान : यदि कुनै कुरा खाएमा पेट फुल्यो भने यसबाट छुट्कारा पाउन सुक्खा अदुवा खान सकिन्छ ।
  • ग्यासबाट छुटकारा : अदुवा सेवन गर्दा पेटमा हुने ग्यासको समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।
  • बान्ता, अमिलो डकारको समस्याबाट छुट्कारा : बान्ता, अमिलो डकारको समस्या पनि अदुवा खाएमा निको हुन्छ ।
  • खोकी र कफलाई निको पार्छ : यदि कफ अधिक मात्रामा हुन्छ तर शरीरबाट बाहिर आउँदैन भने सुख्खा अदुवा प्रयोग गर्नुहोस् । यसले कफलाई हटाउँछ । केही व्यक्तिमा चिसोका कारण टाउको दुख्ने, खोकी लाग्ने समस्या पनि हुन्छ, अदुवाले यो पनि निको पार्छ ।
  • जोर्नी दुखाइबाट राहत : यदि जाडो मौसममा जोर्नी दुख्ने समस्या छ भने अदुवा खाएमा यसलाई जित्न सकिन्छ ।

एजेन्सीको सहयोगमा