
चीनको राजधानी बेइजिङमा भारी मात्रामा वर्षा हुँदा दुई जनाको मृत्यू भएको छ । बेइजिङको मेनथौको जिल्लाको सानो खोलाको किनारमा बाढीले बगाएका दुई जनाको शव फेला परेको बताइएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार अस्ति रातिदेखि लगातार पानी परिरहेको छ । लगाताको वर्षापछि आएको बाढीमा उनीहरु बगेका हुन् । शनिबारदेखि आज दिउँसोसम्म बेइजिङमा ३२० मिलिमीटरभन्दा बढी वर्षा भएको छ । दक्षिणपूर्वी समुन्द्री क्षेत्रबाट आएको आँधीबेहरीका कारण राजधानी जलमग्न भएको हो ।
बेइजिङ चीनको दक्षिण तथा पूर्वी भेगको तुलनामा कम पानी पर्ने क्षेत्रमा पर्छ । हिउँदमा निकै बाक्लो हिउँ परे पनि गर्मी याममा अन्यत्रझैँ ठूलो वर्षा हुँदैन । तर, पछिल्लो समय एकाध वर्षमा बेइजिङमा पनि लामो समयसम्म मुसलधारे पानी पर्ने गरेको छ ।
