पुरुषको कपाल झर्न समस्या छ ? यी ८ उपाय लगाउनुहोस्

कपाल झर्ने समस्याको सांकेतिक तस्विर

पुरुषको कपाल झर्न समस्या समाधान कसरी गर्ने ?

५० वर्ष माथिका पुरुषमा कपाल झरेर पातलिने समस्या हुन्छ । तर अचेल युवावस्थामै कपाल झर्ने समस्या देखिन थालेको छ ।

टोपी लगाउँदा, धेरै कपाल कोर्दा, थरीथरीका स्टाइल बनाउँदा कपाल झर्ने गर्छ भन्ने धेरैमा भ्रम छ । तर कपाल झर्नुमा खानपान, मिनिरलको कमी, औषधि, तनाव, प्रदूषण, वंशाणुगत समस्या आदि कारण हुन्छ।

कसरी रोक्ने कपाल झर्ने समस्या ?

  • पानी पर्याप्त मात्रामा पिउने ।
  • मद्यपान तथा धूम्रपानको सेवन कम गर्ने ।
  • बेला बेलामा कपालको मसाज गर्ने ।
  • प्रशस्त मात्रामा आइरन, भिटामिन बी कम्प्लेक्स तथा प्रोटिन र भिटामिन डी खाने।
  • खानामा प्रोटिन, फाइबर, फलफूल बढाउने।
  • तनाव नलिन ध्यान गर्ने ।
  • कपालमा कलर गर्ने र केमिकल ट्रिटमेन्ट नगर्ने ।
  • नियमित शारीरिक व्यायाम गर्ने ।