जुम्लामा निशुल्क आखाँ शिविर, एकसय २१ वटा मोतिबिन्दुको निशुल्क शल्यक्रिया

सामाजिक सञ्जजाल

चैत्र ११, सुर्खेत | जुम्लाको खलंगामा तीन दिने निःशुल्क आँखा शिविर सम्पन्न गरी ६० जनालाई परीक्षणगरी आवश्यक उपचार तथा परामर्श प्रदान गरिएको छ । खलंगा आखाँ अस्पताल केन्द्रमा चैत्र ६ गते देखि ८ सम्म तीन दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम र हिमालय आँखा अस्पताल पोखराले तीन दिन निःशुल्क आँखा शिविर सम्पन्न गरेको थियो ।
हिमालय आखाँ अस्पतालकि डाक्टर अन्जु गुरुङको नेतृत्वमा उक्त शिविरबाट एक हजार तीन सय ६० जनालाई परीक्षणगरी आवश्यक उपचार तथा परामर्श प्रदान गरी एकसय २१ वटा मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।